कोशी प्रदेश फिचर समाचार स्थानिय

केराबारी ब्यापार संघको अध्यक्षमा किशन शाही सर्वसम्मत

सुन्दरहरैँचा / केराबारी ब्यापार प्रबन्ध समिति प्रस्तावितः केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्बसम्मत निर्वाचित भएका छन् ।

संघको पौष १९ गते सम्पन्न आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै ३ वर्ष अघि अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैविच नव गठित समितिका उपाध्यक्षमा मनुका थापा महासचिवमा अम्बिका भण्डारी,सचिवमा रमेश अधिकारी र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ यस अघिपनि कोषाध्यक्ष नै थिए ।

त्यसैगरी सदस्यहरुमा उपेन्द्र वहादुर वस्नेत,गोमा कट्वाल,मतिकुमारी तामांग,डेविड बराइली,उत्तम कुमार घिसिंग सर्वसम्मत चयन भएका छन् । १५ सदस्यीय सो समितिको बाँकी ४ जना सदस्यहरु भने कार्यसमितिबाट मनोनित हुने व्यवस्था रहेको छ । समितिको कार्यकाल ३ वर्षे रहने व्यवस्था रहेको छ ।

पहिलो कार्यकाल पुरा गरी शाहीकै नेतृत्वमा केराबारीमा डिजिटल स्वागत गेट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि वढाइएको थियो । गेटको पहिलो चरणको काम सम्पन्न भएको र यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ब्यापार संघले जनाएको छ ।

नव गठित समितिलाई निर्वाचन आयोगका सयोजक टेकवहादुर थपलियाले सपथ गराउनुका साथै प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको केराबारी ब्यापार प्रबन्ध समिति मोरंग ब्यापार संघको ९ नवौं शाखा समिति हो ।