फिचर समाचार

कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज आइतवार बिहान ११ बजेदेखि बयान शुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा अस्ति शुक्रवार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । 

जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान शुरु भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिनुभयो । घटनामा संलग्न भएको अभियोग लागेका १५ जनालाई अभियुक्तसँग बयान थालिएको स्रेस्तेदार केसीले बताउनुभयो । अभियुक्तको बयान सकिन तीनदेखि चार दिनसम्म लाग्न सक्ने उहाँकाे भनाइ छ ।

घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयले  शुक्रवार कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।