फिचर समाचार

कोशीमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन, अध्यक्षमा गजल र सचिवमा घिमिरे

विराटचाेक नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीमा सुनसरीका जिवि गजलको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी चयन भएकाे छ । यस्तै सचिवमा सन्ताेष घिमिरे चयन भएका छन् । भदौ १५ र १६ गते विराटनगरमा भएको प्रथम अधिवेशनले उपाध्यक्षमा धनकुटाका अंकित थापा, झापाका नारायण घिमिरे, सचिवमा मोरङका सन्तोष घिमिरेलाई चयन गरेको हो ।
त्यस्तै सहसचिवमा उदयपुरका प्रवेश ठकुरी, पाँचथरका पारस राई, झापाका लक्ष्मी न्यौपाने ,तेह्रथुमकी रन्जना घातानी र कोषाध्यक्षमा भोजपुरका नवराज घिमिरे चयन भएका छन । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायले पद तथा गोपनियताको शपथ गराएका थिए ।

फाइल तस्बीर