कोशी प्रदेश समाचार

कोशीमा “आयोजना बैंक” सञ्चालन गर्दै प्रदेश सरकार


विराटनगर । कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि ‘आयोजना बैंक सञ्चालन’ गर्ने भएको छ ।
‘आयोजना बैंक सञ्चालन’ लागि सरकारले प्रक्रिया अघि बढाएको छ । यो सुरु भएमा प्रदेशमा व्यवस्थित रुपले योजनाहरु कार्यान्वयनमा जाने अपेक्षा सरकारको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा चर्को आलोचना खेप्नु परेको र त्यसलाई थितिमा बाँधेर काम गर्न ‘आयोजना बैंक’ आवश्यक रहेको बताए । ‘आयोजना बैंक’मार्फत योजनाहरु ल्याउनका लागि प्रदेश योजना आयोगलाई जिम्मेवार र बलियो बनाएर लैजाने उनको भनाइ छ ।
कोशी प्रदेश आयोजना बैंक कार्यविधि, २०८१ को मस्यौदालाई सरोकारवालासँग छलफलमा समेत लगिएको छ । मुख्यमन्त्री कार्कीले आयोजना छनोर्ट विधिसम्मत बनाउँदै विकास निर्माणलाई व्यवस्थित र दीर्घकालीन बनाउनका लागि ‘आयोजना बैंक’ चाहिएको दाबी गरे । भने, ‘हामीलाई थितिमा बाँध्न पनि यो चाहिन्छ । यसले हामीलाई पारदर्शी बनाउने र असारमा मन्त्रालय धाउनेले बजेट पाउने परम्परा पनि अन्त्य हुन्छ । ’