कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद ९४७ जना० को हस्ताक्षर बुझाएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर कार्कीले बिहीबार कांग्रेसका ८ जना र नेकपा एमालेका उपसभामुखबाहेक ३९ जना गरी कूल ४७ जना सांसदको हस्ताक्षर बुझाएका हुन्।
कोशी प्रदेश सभा ९३ सदस्यीय हो। सरकार बनाउन यहाँ ४७ जना भए बहुमत पुग्छ।
मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए।
भकभधबीबहmष् दबलप
बिहीबार प्रदेश प्रमुख खापुङ्गलाई भेटेर माओवादी संसदीय दल नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा संसदीय दल नेताको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्।