कोशी प्रदेश सरकारले विद्यार्थीहरुलाई इन्टरनशिपका लागि मासिक १० हजार रुपैयाँ दिने भएको छ ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि, भेटेरिनरी, पशुविज्ञान, मत्स्य विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिपका लागि मासिक १० हजार रुपैयाँ दिने भएको हो ।
कृषि इन्टर्न परिचालन कार्यक्रम कार्यान्वयन प्रकृया २०८१ उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले स्वीकृत गरेका हुन् । कार्यक्रम स्वीकृत भएसँगै सम्बन्धित विषयका विद्यार्थीहरुले इन्टरशिपको लागि रकम पाउने बाटो खुलेको छ । कृषि विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई प्रेरित गर्न कार्यक्रम सुरु गरिएको मन्त्री हाङगामले बताउनुभयो । यसले विद्यार्थीहरु सहज हुने उहाँको भनाइ छ ।