कोशी प्रदेश फिचर समाचार

कोशी प्रदेश सराकार विरुद्ध दायर रिटमा आजदेखि सुनुवाइ हुँदै

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुँदैछ । कोशी प्रदेश सराकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीका तर्फबाट हालिएको रिटको सुनुवाइको पेशी न्यायाधीश मनोज शर्मा शर्मा र सारङ्गा सुवेदीको इजलासमा तोकिएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट नयाँ सरकार गठनको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर भएको थियो । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले आफूलाई हटाउने प्रदेश प्रमुखको कदम असंवैधानिक भएको जिकिर गरेका छन् ।

संसदमा कार्की अल्पमतमा परेको सन्देश प्रदेश प्रमुख समक्ष प्रदेश सभाले पठाएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ ९५० अन्तरगत नयाँ सरकार गठनको आव्हान गरेका थिए । सो आव्हानसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । उनले प्रदेश सभामा विश्वासको मत समेत पाएका छन् ।

वैशाख २७ गते दायर भएको रिटमा वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।