विराटचाेक: क्रिएटिभ नेप्लीज ह्युमन इन डेनमार्कले माया घर नेपालमा रहेका बालबालिका तथा अनाथ व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको छ। आइतबार सुनसरीको इटहरीमा रहेको माया घर नेपालमा सो संस्थाले पठाएको सामग्री सृजनशील समाज सुन्दरहरैँचा ११ ले संयोजन गरी वितरण गरेको हो।
१ लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको समाजकी सचिव अनु बुढाथोकीले बताउनुभयो।
सरु पाण्डे अध्यक्ष रहेको क्रिएटिभ नेप्लीज ह्युमन डेनमार्क संस्थाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यसपटक संस्थाले डेनमार्कमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट सहयोग गरिएको हो।
यस संस्थाले नेपालमा रहेका विपन्न समुदाय, अनाथालय लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। आइतबार भएको सो कार्यक्रममा बेलपुर टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण गिरी र माया घर नेपालका अध्यक्ष सुभद्रा प्याकुरेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।