विराटचोकः आगामी भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा मिनि मेला लाग्ने भएको छ । वडा नम्बर १२ स्थित खाेर्साने मा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको हो ।
आइतबार सो विषयमा आयोजक सुन्दर खोर्साने युवा क्लबले पत्रकार सम्मेलन आयोजनागरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि वडा नम्बर १२ का वडाअध्यक्ष राेशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेकाे अवस्थामा यस्ता क्लबले साे क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जाेड दिए । यस्तै खेलकुद, मनाेरञ्जन, कला र संस्कृतिकाे प्रबर्द्धन गर्ने पक्षमा नगर सधैं लागिरहने बताए ।

१९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने बताइएको छ । मेला अवलोकन गर्न १ सय रूपैयाँ टिकट दर कायम गरिएकाे आयाेजकले जनाएकाे छ । मेला सञ्चालनगर्न ३२ लाख अनुमानित लागत लाग्ने बताएको छ । मेलाको उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईले गर्ने तयारी रहेको छ । कार्यक्रमकाे सञ्चालन आनन्द बस्नेतले गरेका थिए ।