पर्यटन फिचर समाचार स्थानिय

खोर्साने मीनी महाेत्सवमा आज आस्था राउत आउदै

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा सोमबारदेखि खोर्साने मीनी मेला सुरु भएको छ । सुन्दर खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित किस्ती खोलाको किनारमा राजमार्ग दक्षिणको खाली ठाउँमा मीनी मेला सुरु गरिएको हो । मेलामा आज मंगलबार चर्चित गायीका आस्था राउतको प्रस्तुती रहने आयोजक क्लवका अध्यक्ष काजीमान लिम्बूले जानकारी दिनुभयो ।

स्थानीय क्षेत्रको व्यापार प्रवर्धन, पर्यटन प्रवर्धन, कला संस्कृति संरक्षण, खेलकुद क्षेत्रको विकास र मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको मेलाको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले गर्नुभयो । खासगरि मेलाबाट आम्दानी भएको रकमलाई खेल क्षेत्रको विकासमा लगानी गर्ने तथा क्लवको भवन निर्माण गर्न खर्च गरिने मेलाका व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिनुभयो ।

असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने मेलामा प्रमोद खरेल, लाहुरे, लगायतका चर्चित कालकारहरुको समेत प्रस्तुती रहनेछ भने रोटेपिङ लगायतका खेल मनोरञ्जन पनि राखिएको छ । मेलको मुख्य प्रयोजक सरु काष्ठ फर्निचर उद्योग सुन्दरहरैंचा ११ बेलेपुर रहेको छ भने प्रायोजक गोर्खा ब्रुअरी रहेको छ ।