फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

गायिका अनु बुढाथोकीले ल्याइन् नयाँ तीजको भाका ‘उता तीजको लहर’

विराटचाेक/  तीज पर्वलाई लक्षित गर्दै गायिका अनु बुढाथोकीले नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक गर्ने भएकी छन्। भव्य कोरियोग्राफी र आकर्षक प्रस्तुतिसहित तयार पारिएको उक्त गीत आउँदो शुक्रबार अनु बुढाथोकीको आफ्नै युट्युब च्यानल Anu Budhathoki मार्फत रिलिज हुने भएको हो।

गीतमा स्वर गायिका बुढाथोकीकै रहेको छ भने यसका शब्द यादव घिमिरेले रचना गरेका हुन्। संगीतकार नविन गौतमले संगीत सिर्जना गरेका छन्। विशाल निरौलाले गीतको संगीत संयोजन (एरेन्ज) गरेका छन्।

गीतको कोरियोग्राफी अविनास विक र राजु बस्नेतले गरेका हुन्। अमृता खड्का, सरिता दाहाल र गायिका अनु बुढाथोकीले गीतमा नृत्य प्रस्तुत गरेकी छन्।

गीतको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् भने निर्माण सुवास गिरीको रहेको छ।

गायिका बुढाथोकीले यसअघि पनि तीजका विभिन्न भाकाहरू प्रस्तुत गरिसकेकी छन्। यसपटकको गीत ‘उता तीजको लहर’ लाई आधुनिक प्रस्तुतिसँगै सांस्कृतिक मौलिकताको संयोजनमा तयार पारिएको बताइएको छ।