विराटचाेक: ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजनामा निशुल्क कम्प्युटर तालिम हुने भएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ मा रहेको उक्त सहकारीले विशेषगरी आदिवासी जनजाति, पिछडिएको वर्ग, आर्थिक रूपले विपन्न विद्यार्थी, एकल महिलालागि तालिम आयाेजना गरेको मंगलबार आयाेजित पत्रकार सम्मेलन मार्फत जनाएको हाे । तालिम लिन इच्छुकले यहि फागुन ९ गतेदेखि १४ गतेसम्म फारम भर्न सक्ने संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यले बताए ।

जुनसुकै ठाउँबाट आएपनि तालिममा सहभागीता गराईने समेत उनले बताए । फारम सिपिएन विराटचाेक र साेहि सहकारीकाे कार्यालयमा पाईने आयाेजकले जनाएको छ ।
तालिममा अफिस एप्लिकेसन, एकाउन्टीङ, ग्राफिक्स डिजाइन, हाड्वेर र नेट्वर्कीङ सम्बन्धि पढाइ हुने प्रविधिक सहयोग गरेकाे संस्था कम्प्युटर प्वाइन्ट नेपाल सिपिएनका संचालक कमल लुइटेलले बताए । सहकारी संस्थाका सचिव सुमन खनालले विगतका वर्षमा पनि यस्ता कार्यक्रम गर्दै आएकाले याे पटक पनि निरन्तरता दिएकाे बताए ।
