काठमाडौंः प्रसिद्ध सङ्गीतकार\गायक नरहरि प्रेमीको सङ्गीत तथा स्वरमा रहेको गीत ‘घर छोडेको मान्छे’ को भिडियो बजारमा आएको छ ।
गीतकार बिमला हुमागाईं ‘बोधश्री’ ले रचना गरेको गीतमा पुष्कर खातीको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको छ । बोध अनलाइन टिभी नामक युट्युब च्यानलबाट दुई दिन अघि बजारमा आएको सो गीत अनामनगर स्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा छायाङ्कन गरिएको हो ।
म्युजिक भिडियोमा मुकेश हुमागाईंको सिनेम्याटोग्राफी, विनोद बमको दृश्य तथा रङ्ग सम्पादन रहेको छ । साङ्ग्रिला क्रिएसनको पोष्ट प्रोडक्समा निर्मित यो म्युजिक भिडियो गीतकार विमलाले नै निर्देशन गरेकी हुन् ।





Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=IHJUI7TF