विराटचाेक: चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्षे कुम्भमेलाको राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गरेका छन् । नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह पनि गरे ।
‘जनता आफैंले बनाएको हाम्रो संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ’, उनले भने, ‘यो दर्शनलाई आत्मसाथ गर्दै राजनीतिमा जो–जो जताजता भएपनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ । कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’ मेला बैशाख २८ गतेसम्म चल्ने ।