खेलकुद खेलकुद फिचर समाचार स्थानिय

चाैथाे संस्करणकाे विराट भेट्रान फुटबल माघ १९ गतेदेखि सुकुना खेलमैदानमा हुने 

विराटचाेक:   यही माघ १९ गतेदेखि विराट भेट्रानको आयोजनामा विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले साेेमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा भारतका जी जे युनाइटेड भेट्रान दार्जिलिङ र एनआरसी भेट्रान सिक्किमले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । 

१० टिममध्ये बाँकी ८ टिम नेपालका रहेका छन् । नेपालका दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान मोरङ, राजारानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड झापा र आयोजक विराट भेट्रानका २ टिम सहभागी हुने भएका छन् ।

माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा ४० वर्षको हुनुपर्ने नियम राखिएको छ । प्रतियोगितामा विजयी टिमलाई नगद १ लाख १ हजार १११ रुपैयाँ नगदका साथमा ट्रफी र मेडल तथा उपविजेता टिमलाई नगद ५० हजार ५५५ रुपैयाँ नगद र ट्रफी तथा मेडल पुरस्कार दिइने खेल संयोजक युवेन गुरुङले जानकारी दिनुभयो । म्यान अफ द म्याचका साथै विभिन्न विधागत पुरस्कार पनि दिइने उहाँले जानकारी दिनुभयो ।

फिफाको नियमअनुसार हुने प्रतियोगितामा पूर्वाञ्चल ल्युब्रिकेन्ट्स आयलको मुख्य प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका प्रवद्र्धक तथा जिल्ला फुटबल संघ मोरङ सहयोगकर्ताको रुपमा रहेको आयोजक विराट भेट्रानका अध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर भेट्रान विजेता बनेको थियो । दोस्रो संस्करणमा आयोजक विराट भेट्रान र तेस्रो संस्करणमा झापा भेट्रान विजेता बनेका थिए ।