खेलकुद फिचर समाचार

छैटाैँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप हुने

विराटचाेक: मोरङको बेलबारी स्थित लक्ष्मीमार्गमा छाैटाैँ संस्करणकाे बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप हुनेभएकाे छ । शुक्रबार आयाेजक डाँगीहाट फुटबल क्लबले खेलमैदानमा पत्रकार सम्मेलन गरी साे जानकारी गराएको हाे । खेल यहि असाेज २८ गतेदेखि कार्तिक ४ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, बिग्रेड ब्वाईज क्लब काठमाण्डौ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुनेछन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख सहित ट्रफी र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्बाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने आयाेजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनकालागि अनुमानित ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको समेत बताईएकाे छ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी र आरजु राईस मिल मुख्य प्रायोजक रहेकाे छ । यस्तै सहप्रायोजकमा द रिभर ओभरसिंज, मल्टिमिसन टेनिङ सेन्टर धरान र टुबोर्ग बियर लगायत स्थानीय संघसंसस्था,सामुदायिक बन, विद्यालयहरु र देश तथा बिदेशमा रहेका यस क्षेत्रका दाताहरु रहनेछन ।