इटहरी : सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको जनकल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । इटहरीको दुर्गापार्टी प्यालेसमा संस्थाकाे साधारणसभा शनिबार संस्थाका अध्यक्ष जगतनाथ फुयालको अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि इटहरी उपमानगरपालिकाका शाखा प्रमुख बाल कुमार पोखरेल रहेका थिए ।

साे सहकारी संस्थाको हालसम्म कुल सेयर पुँजी दुई करोड २२ लाख ९९ हजार रहेको छ भने कुल निक्षेप २ करोड ५४ लाख ६१ हजार ८ सय ९९ रहेको छ भने कुल लगानी जम्मा ४ करोड ७४ लाख ९७ हजार ७५ रुपया रहेको प्रतिवेदनमा रहेछ ।
आर्थिक वर्ष २०७९÷८० को वास्तविक कुल आम्दानी ८४ लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको साधारणसभामा सदस्यलाई जानकारी गराइएको थियो
अघिल्लो आर्थिक बर्षमा सहकारीले ८२ लाख ८६ हजार बराबरको संचालन आम्दानी गरेको थियो । संस्थाले आगामी आर्थिक वर्ष .२०८०÷८१का लागि ९९ लाख २० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ ।कार्यक्रमको सञ्चालन सो सहकारीकी उपाध्यक्ष लक्ष्मी थेवेले गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋणी काजोल सुवेदी, उत्कृष्ट बचतकर्ता सम्झना थापा भण्डारी, उत्कृष्ट कर्मचारी याम बहादुर प्रधान, निरा फुयाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अडिटर दुर्गाप्रसाद पोखरेल, जनजाति महासङ्का पूर्व अध्ययक्ष कर्णविक्रम लिम्बू, नेकपा एमाले इटहरी नगर अध्यक्ष यमकुमार सुब्बा, वरिष्ठ सल्लाकार मनोज कार्की, यामबहादुर प्रधान लगायतका अतिथिहरूले सहकारीका विषयमा चर्चा गरेका थिए ।
