कोशी प्रदेश पर्यटन फिचर समाचार स्थानिय

जनचेतना सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण

मोरङको सुन्दरहरैंचा–९ मा रहेको वन क्षेत्रमा आज जनचेतना सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समूहका अध्यक्ष सिताराम पाण्डेका अनुसार करिब ३ हेक्टर जमिनमा वृक्षारोपण गरिएको हो। गत वर्ष राेपिएका विरूवाहरू अहिले हुर्किएका छन् । त्यो भन्दा तल्लो पट्टी याे वर्ष पनि राेपिएकाे हाे ।

यसपटक साल, साज, निम, सतिसाल, हात्तीफल लगायत जातका ३ हजार बिरुवा रोप्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा नगर कार्यपालिका सदस्य रूजा घिमिरे, वडा सदस्य शारदा विश्वकर्मा, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख शिव कुमार श्रेष्ठ, उपभोक्ता समिति सदस्यहरू, स्थानीयबासी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य घिमिरेले जंगल संरक्षण गर्दै हरियाली प्रवर्द्धनमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले वातावरणीय सन्तुलनका लागि वृक्षारोपण र वन संरक्षण अपरिहार्य भएको बताउनुभयो।

वि.सं. २०६० सालमा स्थापना भएको जनचेतना सामुदायिक वन उपभोक्ता समूहले वडा नम्बर ९ र ११ का उपभोक्ताहरूलाई काठ र दाउरा सुलभ रूपमा उपलब्ध गराउँदै आएको छ।