फिचर समाचार स्थानिय

जाँतेमा भोलिदेखि धान्याञ्चल सुरभी ज्ञान महायज्ञ सुरु हुँदै

लेटाङ । लेटाङ ९ जाँतेमा भोलि सोमबारदेखि सुरुहुने श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञको तयारी पुरा भएको छ । लेटाङ ९ जाँते गणेश मन्दिर परिसरमा सञ्चालित श्रीकृष्ण गौशाला जाँतेको आयोजनामा भोलिदेखि सुरु हुने महायज्ञको तयारी पुरा भएको आयोजक समितिका कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिनुभयो ।

महायज्ञको प्रचार–प्रसारका साथै मण्डप निर्माण, प्रवेशद्वार निर्माण, सरसफाई लगायतका तयारी सकिएको उहाँले जानकारी दिनुभयो । पौष १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका आचार्य पण्डित श्री घनश्याम खनाल ज्यूले कथावाचन गर्नुहुनेछ भने पाठपारायण श्री वैजनाथ अधिकारी प्रारम्भिक सँस्कृत विद्यापिठ लेटाङ जाँतेका गुरु पण्डित सुदिप ढुंगानाले गर्नुहुनेछ ।

श्रीकृष्ण गौशालाको विकास तथा सञ्चालनका लागि सहयोग जुटाउने उद्देश्यले महापुरण आयोजना गरिएको आयोजक समितिका सचिव पुष्प काफ्लेले जानकारी दिनुभयो ।
महापुराणमा खासगरि गाईको संरक्षणलाई जोड दिँदै गौमहिमा सहितको संगीतमय कथावाचन गरिने पण्डित सुदीप ढुंगानाले जानकारी दिनुभयो । भोलि विहान ८ बजेदेखि कलशयात्रा सुरु गरि १२ बजे महापुराणस्थलमा आइपुगेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कलशयात्रा महापुराण आयोजनास्थल गणेश मन्दिर परिसरबाट सुरु भइ लेटाङ बजार र जाँते बजार परिक्रमा गर्दै महापुराणस्थलमा आएर सम्पन्न हुने सचिव काफ्लेले जानकारी दिनुभयो ।