खेलकुद फिचर शिक्षा समाचार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैँचा प्रथम 

विराटचाेक :  जिल्लास्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका प्रथम भएको छ ।  माेरङ जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा आइतबार मिक्लाजुङ गाउँपालिकामा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे समापन खेलमा सुन्दरहरैँचा नगरपालिका प्रथम भएको हो ।

प्रतियोगितामा विराटनगर महानगरपालिका दाेस्राे र बेलबारी नगरपालिका तेस्रो भएको छ । सुन्दरहरैचाले २१ स्वर्ण, १९ रजत र ७ कास्य जित्दै प्रथम, विराटनगर महानगरपालिका २१ स्वर्ण, ९ रजत र १८ कास्य जित्दै दाेस्राे र बेरबारीले १० स्वर्ण, ५ रजत र ८ कास्य पदक जित्दै तेस्रो भएको हाे ।

प्रथम, दाेस्राे र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कमार खत्रीले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । उक्त प्रतियोगिताकाे सहआयाेजक मिक्लाजुङ गाउँपालिका रहेको थियाे ।