फिचर समाचार

जिल्ला अदालत झापाद्वारा “समुदायमा अदालत” कार्यक्रम सम्पन्न 

जिल्ला अदालत झापाबाट न्यायाधीश ईश्वरमणी ओझाको प्रमूख आथित्यतामा कमल गाउपालिकामा समुदायमा अदालत (Judical Outreach) कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने,  प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, अदालतबाट श्रेस्तेदार किरण सिंहको आथित्यता, तहसिलदार सुभाष दाहाल, शाखा अधिकृत रामचन्द्र बस्नेत र  शुक्रराज वान्तवाको उपस्थिती एवं वडाका वडाध्यक्षहरु र मेलमिलापकर्ताहरू सहभागिता रहेको थियो ।

 सहभागीलाई न्यायाधीश ओेझाले अदालतको संरचना, कार्य प्रक्रिया, एसएमएस अनलाइन सेवा आदीबारे जानकारी गराउनुभयो।

 समुदायका जनतामा न्यायिक पहूच बृद्धि गर्न, अदालत र न्याय प्रतिको गलत धारणा हटाउन, न्यायपालिका प्रति आस्था र विश्वास जगाउने कार्यक्रमको उद्देश्य रहेको श्रेस्तेदार   सिंहले  प्रष्ट पार्नुभयाे ।

न्यायाधीश संगै बसेर न्यायपालिकाका बिषयमा समस्या र गुनासा राख्न पाइयो भनी पालिका उपाध्यक्ष न्यौपानेले बताउनुभयो। न्याय प्रणालीलाई सहभागी मार्फत अभिभावक सम्म पुर्‍याउने लक्ष्यका साथ सहभागीका अदालत प्रतिको गुनासा सुनी अन्तर संवाद समेत गरिएको थियो भनी झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनूभयो। 

साथै झापा जिल्ला अदालतका न्यायाधीश बाट गाउँपालिकाकाे न्यायिक समितिको निरीक्षण समेत गर्नुभयो ।