झापा । झापाको झापा गाउँपालिका ६ पुष्पाञ्जली टोलमा वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या प्रकरणमा संलग्न दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झापा गाउँपालिका ७ का २८ बर्षिय अजय यादव र सिबसताक्षी ७ का २४ बर्षियअशोक यादवलाई पक्राउ गरेको ।
मंसिर २२ गते दिउँसो करिब ४।३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा कडा वस्तु प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ।
घटनापछि मृतकको घरबाट चोरी भएको कर्लस ब्रान्डको मोबाइल र साइकल पनि बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानको तालिमप्राप्त कुकुर टोलीको सहयोगमा अनुसन्धान अघि बढाएका थिए। फरार रहेका दुई प्रतिवादीलाई झापा गाउँपालिका ७ मदरगाछमा फेला पारेर पक्राउ गरिएको हो।