कोशी प्रदेश फिचर समाचार स्थानिय

टिभिएस दमकमा ‘एक्सचेन्ज मेनिया’ अफर सुरु 

दमक :  झापाकाे दमकमा रहेको  टिभिएस दमकले ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज मेनिया’ अफर सुरु गरेको छ। यही असार १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार अफरअन्तर्गत जगदम्बा मोटर्सको ‘Monsoon Plantation Offer’ पनि लागू हुनेछ। साथै, टिभिएस दमक सोरुमबाट ग्राहकलाई थप छुट र सेवा प्रदान गरिनेछ।

टिभिएसका सवारीसाधनहरू नेपालमा लोकप्रिय मानिन्छन्, विशेषगरी युवापुस्ता र नियमित सवारी प्रयोगकर्ताबीच यसको माग उच्च रहेको छ। अफरमा सहभागी ग्राहकले निम्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्:

– १० हजारसम्मको ग्यारेन्टीड एक्सचेन्ज भ्यालुएसन

– नयाँ गाडी खरिदमा ८ हजारसम्मको छुट 

– १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

– सिमित मोडेलमा ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सेवा

– जीवनभरको रोड ट्याक्स छुट

– सवै टिभिएस गाडीमा लाइफटाइम वारेन्टी सेवा

टिभिएस दमकका प्रतिनिधिका अनुसार उक्त अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ। अफरबाट लाभ लिन इच्छुक ग्राहकहरूलाई असार ६ गतेभित्रै सोरुममा सम्पर्क गर्न आग्रह गरिएको छ।