कोशी प्रदेश फिचर समाचार सूचना प्रबिधि स्थानिय

टिभिएस दमकले ल्यायो ‘एक्सचेन्ज मेनिया’ अफर, पुरानो बाइक साटेर नयाँ टिभिएस घर लैजानुहोस्

दमक: झापाकाे दमकमा रहेको टिभिएस दमकले ग्राहकहरूका लागि विशेष ‘एक्सचेन्ज मेनिया’ अफर ल्याएको छ। 

यही वैशाख २८ गतेदेखि जेष्ठ २ गतेसम्म सञ्चालन हुने यस अफर अन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस बाइक वा स्कुटर घर लैजान सक्नेछन्।

यस अफर टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको नयाँ वर्ष २०८२ को “नयाँ युगको सवारी” अफरसँग समायोजन गरिएको छ, जसमा सोरुमबाट थप विशेष सुविधा पनि उपलब्ध गराइएको साेरूमले जनाएको छ । 

‘एक्सचेन्ज मेनिया’ अफर अन्तर्गत ग्राहकहरूले निम्न सुविधा पाउन सक्नेछन्:

 १ लाखसम्मको नगद छुट, ७.९९% ब्याजदरमा १८महिनासम्मको फाइनान्स सुविधा, १ लाखसम्मको ग्यारेन्टी गरिएको एक्सचेन्ज मूल्यांकन, चल्ने वा नचल्ने सवारीका लागि न्यूनतम रु ३० हजारसम्मको मूल्यांकन,

निःशुल्क एसेसोरिज प्याकेज: हेलमेट, ब्याग र बाइक कभर, सीमित मोडलहरूमा ०% ब्याजदरमा फाइनान्स सुविधा,

यसका अतिरिक्त, टिभिएसका प्रत्येक बाइक र स्कुटरमा लाइफटाइम वारेन्टीको सुविधा समेत उपलब्ध रहेको छ।

टिभिएस दमकले आफ्ना ग्राहकहरूलाई उच्च मूल्य, आकर्षक छुट, र भरपर्दो सेवा दिन यस किसिमका अफरहरू ल्याउँदै आएको बताएको छ।