दमकः दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकले एक्स्चेन्ज मेला सञ्चालन गरिरहेकाे छ । चाडपर्व लक्षित उक्त मेलामा विभिन्न अफर समेत दिईने कम्पनीले जनाएको छ । दमककालागि आधिकारिक बिक्रेता उक्त ट्रेड कन्सनले दमक बजारको आकाशे पुल मुनि असोज २५ गतेदेखि २९ गतेसम्म एक्स्चेन्ज मेला सञ्चालन गर्ने जनाएकाे छ ।
एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ । यस्तै थप उपहारमा हेल्मेट ब्याग र बाइक कभर ग्राहकलाई दिने जनाएको छ ।