फिचर मनोरंजन/कला साहित्य समाचार

टीका खड्का राष्ट्रप्रेमीका गजलले मन्त्रमुग्ध भयो विराटचोक

विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा एकल गजल प्रवाह तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार विराटचाेक मोरङमा आयाेजित टीका खड्का राष्ट्रप्रेमी एकल गजल प्रवाह कार्यक्रम सम्पन्न भएको हाे । गजलकार खड्काले आफ्ना सुन्दर गजलहरू दर्शक माझ सुनाएका थिए । प्रवासमा बसेर नेपाली कला साहित्य क्षेत्रलाई अघि बढाउँदै आएका खड्का गजल लेखनमा अब्बल रहेका छन् भन्ने प्रमाणित गरे।


यस कार्यक्रमको आयाेजना गर्नुको मुख्य उदेश्य भनेकाे नव सर्जकलाई हाैसला दिँदै साहित्य क्षेत्रकाे विकासमा नयाँ पुस्ताको आगमनमा हौसला थप्नु हो भन्ने कुरा कार्यक्रम संयोजक तथा साहित्यकार छवि वैरागी घिमिरेले बताउनु भयो ।

यस्तै आफू अस्वस्थ भए पनि कला साहित्य क्षेत्रलाई यस ठाउँमा अघि बढाउन एउटा गुठी तयार गर्ने उदेश्य समेत रहेको वैरागीले बताए । अहिलेको अवस्थामा युवाहरूलाई साहित्यप्रति झुकाव बढाउन सकिएन भने भोलिको अवस्था भयावह हुनेछ भन्ने कुरा छवि वैरागीले बताए ।
कार्यक्रममा साहित्यलाई माया गर्ने सामाजिक व्यक्ति , साहित्यकार तथा विभिन्न क्याम्पसका प्राध्यापकहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा झापा माेरङ सुनसरीसम्मका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेकाे थियो ।