काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
बिहीबार शर्माले काठमाडौंको हेपाली हाइटमा रहेको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै सांसद शर्माले राज्य गर्नुपर्ने काम डा. कोईरालाले आफैँ गर्न लागेकाले कोइरालाको सम्मान स्वरुप आफूले सहयोग गरेको बताए ।