त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ । अहिले जहाजमा लागेकाे आगो निभाउने काम भइरहेको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।