फिचर समाचार स्थानिय

दाहाल प्रतिष्ठानकाे प्रदेश अधिबेशन सम्पन्न

सुन्दरहरैँचा / दाहाल प्रतिष्ठान “सुदुर पश्चिम प्रदेश” ७ को दोस्रो प्रदेश अधिवेशन धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद दाहाल ,वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद दाहाल ,महासचिव सुर्यकुमार दाहाल युवा परिचालन समिति सदस्य जयकृष्ण दाहाल र शैलेस दाहालका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बन्धुहरुको सहभागिता थियाे । प्रदेश अधिवेशनबाट कैलाश दाहालको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिती निर्बिरोध चयन भएको छ । निर्वाचित भएका पदाधिकारीमा उपाध्यक्ष चेतनाथ दाहाल, सचिब बिनोदकुमार दाहाल,सहसचिब लक्ष्मी धमला दाहाल ,कोषाध्यक्ष पुनम दाहाल त्यस्तै लेखा संयोजक मनोज दाहाल ,अम्बिका दाहाल ,भिम दाहाल रहेका छन् । साथै युवा परिचालन पश्चिम प्रदेश समितिमा संयोजक मनोज दाहाल सदस्य मंजु दाहाल लगायत १५ जना रहेका छन् ।