विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा ८ सलकपुर स्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टस ग्रामको तेस्रो साधारणसभा सम्पन भएको छ । साधारणसभाले भुपाल प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिकाे उपाध्यक्षमा विष्णुप्रसाद आचार्य, महासचिव नारायण कार्की, सचिव हरि कार्की, काेषाध्यक्ष गाेपाल ढकाललाई चयन गरेको हाे । यस्तै सदस्यहरू हरि देवान, भानु सुवेदी, कृष्ण कुमार राई, धन वहादुर कार्की, आकाश दुलाल, शम्भु थापा, पवन कार्कीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा हालसम्मको निर्माण सहितको आय व्यय सार्वजनिक गरिएको थियो। साधारणसभाकाे अवसरमा भएकाे ब्याटमिन्टन खेलमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमस आकास दुलालको टिम, गोपाल ढकालको टिम र तृतीयमा २ टिमलाई नगद सहित ट्रफि र मेडलद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । कार्यक्रमको अध्यक्षता कवर्ड हलका अध्यक्ष भोलेश्वर दुलालले गरेका थिए भने कार्यक्रम सञ्चालन नारायण कार्कीले गरेका थिए ।