फिचर शिक्षा समाचार स्थानिय

द राइजिङमा गायक हेमन्त शर्मा आउने


विराटचाेक: लोकप्रिय गायक हेमन्त शर्मा फागुन १९ गते मोरङको सुन्दरहरैँचा आउने भएका छन्। सुन्दरहरैँचा १० स्थित ‘द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुल’को ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शर्मा आउने भएका हुन् ।

विद्यालयको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा ख्यातिप्राप्त गायक,सङ्गीतकार एवम् गीतकार हेमन्त शर्माको विशेष साङ्गीतिक प्रस्तुति रहने विद्यालयका प्रिन्सिपल गोपालप्रसाद पाठकले जानकारी दिए ।

जीवनोपयोगी शिक्षासँगै संस्कार,ज्ञान,चेतना र कला सिकाउने विद्यालय ‘द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुल’को उक्त कार्यक्रममा पुरस्कार वितरण सहित गायक शर्माको साथमा स्थानिय कलाकार र विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुति रहने साथै आमा नृत्य प्रतियोगिता हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

विद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि हुने कार्यक्रममा सम्पूर्ण नगरबासी महानुभावहरूमा उपस्थितिका लागि विद्यालयले निमन्त्रणा समेत गरिसकिएको विद्यालयका भाइस प्रिन्सिपल परशुराम गुरागाईँले जानकारी गराए। करिब दुईहजार भन्दा बढी गीत गाइसकेका गायक शर्माको ‘माया सारै महँगो , थाप न थाप हातैमा, आउँदै गर मालती, मूल हौ भने रसाई देऊ, यता परेली झिमझिम भो,धर्तीमाथि जून, माया त यस्तो होस् ‘ लगायतका दर्जनौं गीतहरू सर्वाधिक लोकप्रिय छन् ।