यस धान बालीमा लागेको रोगको समस्या र समाधानका उपचार के हुन सक्छ ?
यस रोगको नाम : पातको फेद डढुवा रोग (Sheath blight)
यो रोगको समस्याले यस्तो भएको हो ।
यो रोग Rhizoctonia solani नामक ढुसिको कारणले लाग्ने गर्दछ | यो ढुसी माटोबाटै उत्पत्ती हुने भएकाले लामो समय माटोमै बस्ने गर्दछ र अनुकुल वातावरण र परपोषी जीव पाउनासाथ संक्रमण गर्ने गर्दछ |
रोग लाग्ने अवस्था: गाँज आउने (Tillering) देखि बाला लाग्ने (Heading) अवस्थासम्म
रोग फैलिने उपयुक्त अवश्थाः
• तापक्रमः २८-३२ डिग्री सेल्सियस
• उच्च सापेक्षिक आर्द्रता (८५% भन्दा बढी)
• लगातार वर्षा
• धानको नजिक रोपाई (बाक्लो रोपाई)
• माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा
• रोग देखिएको बालीको अवशेष।
रोगको जिवाणुको श्रोतः विउ, घाँसे झारपातहरु र रोगग्रस्त बालीका ठुटाहरुमा रहेका ढुसीका sclerotial bodies बाट।
रोग फैलावटको माध्यमः पानी, हावा, विउ, माटो।
लक्षण: यो ढुसिले सर्बप्रथम बोटको सबैभन्दा तलको म्यान अर्थात leaf sheath मा आक्रमण गरेर लक्षणहरु देखाउने गर्दछ | पानीको सतहभन्दा केही माथी पातको म्यानमा सुरुसुरुमा पानीका पोका जस्ता र पछि फिका खैरा रङ्ग र त्यसपछी सेतो र खैरा रङ्गका धब्बाहरु देखा पर्दछन| क्रमसंगै ती खैरा धब्बाहरुले ठूलो आकार लिएर आपसमा जोडिन्छन जसले गर्दा पातको किनारातिरको रङ्ग जलेजस्तै सेतो एवम् खैरो देखिन्छ | धानको बोट हेर्दा स्पष्ट देखिने पातको फेदमा अण्डाकार खैरा थोप्लाहरु आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरु(Sclerotia)देखा पर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको देखिन्छ ।
समाधानका उपचार :
खेतमा पानी निकासको उपयुक्त व्यवस्था हुनुपर्दछ |
१. खेतको राम्रो सरसफाइ गर्ने। खेतमा र आलिमा उम्रीएका झार एवम घाँसहरुले अतिरिक्त परपोषिको काम गर्ने भएकाले नियन्त्रण गर्ने |
२. नाइट्रोजनको मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगरौ ।
३. धान 20cm× 20 cm को spacing मिलाएर रोप्ने।
४. उन्नत जातको धान रोप्दा बोट देखि बोटको दुरी बढाई रोप्ने ।
५. बाली कटान पछि खेतमा रहेका अवसेशहरुलाइ सकेसम्म जलाउनु पर्दछ |
६. भेलिडाइमासिन ३% एल( जस्तै सिथमार भालिगान ओजोरो) ३ ग्राम प्रति लिटर पानीमा वा पेन्साईक्युरोन २२.९% एस सी( मोसरेन२५०) १.५ मि.लि. प्रतिलिटर पानीमा वा कार्वेन्डाजिम ५०% डब्लु पी( जस्तै बेभिष्टिन वा डेरोसाल) ढुसीनाशक बिषादी १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक छर्ने वा प्रोपिकोनाजोल २५% इ सी( बम्पर बोनस टिल्ट १ एम एल प्रति ४ लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक छर्ने यसको समाधान हुनेछ ।





**mitolyn reviews**
Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.
**backbiome**
Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.