कृषि-बातावरण समाचार

धान बालीमा लागेको रोगको समस्या र समाधानका उपचार के हुन सक्छ ?

यस धान बालीमा लागेको रोगको समस्या र समाधानका उपचार के हुन सक्छ ?

यस रोगको नाम : पातको फेद डढुवा रोग (Sheath blight)

यो रोगको समस्याले यस्तो भएको हो ।

यो रोग Rhizoctonia solani नामक ढुसिको कारणले लाग्ने गर्दछ | यो ढुसी माटोबाटै उत्पत्ती हुने भएकाले लामो समय माटोमै बस्ने गर्दछ र अनुकुल वातावरण र परपोषी जीव पाउनासाथ संक्रमण गर्ने गर्दछ |

रोग लाग्ने अवस्था: गाँज आउने (Tillering) देखि बाला लाग्ने (Heading) अवस्थासम्म

रोग फैलिने उपयुक्त अवश्थाः

• तापक्रमः २८-३२ डिग्री सेल्सियस

• उच्च सापेक्षिक आर्द्रता (८५% भन्दा बढी)

• लगातार वर्षा

• धानको नजिक रोपाई (बाक्लो रोपाई)

• माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा

• रोग देखिएको बालीको अवशेष।

रोगको जिवाणुको श्रोतः विउ, घाँसे झारपातहरु र रोगग्रस्त बालीका ठुटाहरुमा रहेका ढुसीका sclerotial bodies बाट।

रोग फैलावटको माध्यमः पानी, हावा, विउ, माटो।

लक्षण: यो ढुसिले सर्बप्रथम बोटको सबैभन्दा तलको म्यान अर्थात leaf sheath मा आक्रमण गरेर लक्षणहरु देखाउने गर्दछ | पानीको सतहभन्दा केही माथी पातको म्यानमा सुरुसुरुमा पानीका पोका जस्ता र पछि फिका खैरा रङ्ग र त्यसपछी सेतो र खैरा रङ्गका धब्बाहरु देखा पर्दछन| क्रमसंगै ती खैरा धब्बाहरुले ठूलो आकार लिएर आपसमा जोडिन्छन जसले गर्दा पातको किनारातिरको रङ्ग जलेजस्तै सेतो एवम् खैरो देखिन्छ | धानको बोट हेर्दा स्पष्ट देखिने पातको फेदमा अण्डाकार खैरा थोप्लाहरु आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरु(Sclerotia)देखा पर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको देखिन्छ ।

समाधानका उपचार :

खेतमा पानी निकासको उपयुक्त व्यवस्था हुनुपर्दछ |

१. खेतको राम्रो सरसफाइ गर्ने। खेतमा र आलिमा उम्रीएका झार एवम घाँसहरुले अतिरिक्त परपोषिको काम गर्ने भएकाले नियन्त्रण गर्ने |

२. नाइट्रोजनको मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगरौ ।

३. धान 20cm× 20 cm को spacing मिलाएर रोप्ने।

४. उन्नत जातको धान रोप्दा बोट देखि बोटको दुरी बढाई रोप्ने ।

५. बाली कटान पछि खेतमा रहेका अवसेशहरुलाइ सकेसम्म जलाउनु पर्दछ |

६. भेलिडाइमासिन ३% एल( जस्तै सिथमार भालिगान ओजोरो) ३ ग्राम प्रति लिटर पानीमा वा पेन्साईक्युरोन २२.९% एस सी( मोसरेन२५०) १.५ मि.लि. प्रतिलिटर पानीमा वा कार्वेन्डाजिम ५०% डब्लु पी( जस्तै बेभिष्टिन वा डेरोसाल) ढुसीनाशक बिषादी १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक छर्ने वा प्रोपिकोनाजोल २५% इ सी( बम्पर बोनस टिल्ट १ एम एल प्रति ४ लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक छर्ने यसको समाधान हुनेछ ।

70 thoughts on “धान बालीमा लागेको रोगको समस्या र समाधानका उपचार के हुन सक्छ ?

  1. Given the current international situation, the existing theory, in its classical view, allows the introduction of the phased and consistent development of society. The clarity of our position is obvious: the current structure of the organization allows you to complete important tasks to develop a development model.

  2. Taking into account the indicators of success, the high quality of positional research does not give us other choice, except for determining new proposals. Everyday practice shows that prospective planning reveals the urgent need for timely execution of the super -task.

  3. Our business is not as unambiguous as it might seem: the high -tech concept of public structure predetermines the high demand of effort clustering. The opposite point of view implies that the actively developing countries of the third world to this day remain the destiny of the liberals that are eager to be exposed!

Leave a Reply

Your email address will not be published. Required fields are marked *