फिचर राजनीति समाचार

धेरै पार्टी उमार्ने काम हुँदा तानातान भयाे अध्यक्ष ओलि

विराटचाेक : नेकपा एमाले काेशी प्रदेशकाे प्रथम अधिबेशनकाे उद्घाटन गर्दै अध्यक्ष केपि शर्मा ओलिले काेशी प्रदेश विविधताले भरिपूर्ण भएको बताए । प्रमुख अतिथिकाे रूपमा आएका उनलेे एमाले अत्यन्तै सुदृढ भएकाे बताए । यति बेला पार्टीले मिसन ८४ लाई अघि बढाईएकाे बताउदै हरेक वडामा एमाले ५१ प्रतिशत हुनुपर्ने बताए ।

भातृसंघ संस्थालाई सबै समुदाय वर्ग भएको ठाउँसम्म पुर्याउन निर्देशन समेत दिएका छन् । अध्यक्ष ओलिले भने “अहिले एमाले बाहेक जनताको समस्या बुझ्ने अरू कुनै पार्टी नभएकाले आगामी निर्वाचनमा बहुमत सहित एमाले सरकारमा आउँछ” । मदन भण्डारी , पुष्पलाल राजमार्ग आफ्नै पालमाभएकाे बताउदै । अब नेपाल सुगम नेपाल बनाउने उदेश्य रहेको बताए । कर्णालीलाई सुगम बनाउन सडककाे पहुँच पुर्याउने समेत बताए ।

यश अघि एमालेका काम देखेर दुनियाँ एमालेका नीति कार्यक्रमसंग आतङ्कित भएको र एमाले भित्र विकाउ मालहरू पार्टीलाई संकट परेको बेला मैदानमा उत्रिएर प्रचण्ड माधबले पार्टी फुटाएकाे आराेप लगाए । उनले भने “अदालतले नभए प्रचण्ड माधबले पार्टी फुटाएकाे हाे “। यश अघि अरू पार्टी तर्फ लागेका नेता कार्यकर्तालाई कुनै दुविधामा नपरि सबृद्ध नेपाल सुखि नेपाली बनाउने अभियानमा आउन आव्हान समेत गरेका छन् ।

यसैगरी उनले धेरै पार्टी उमार्ने काम हुदा तानातान भयाे धेरै पार्टी भए विकास नुहाउने बताए । धेरै मिलेर बनेको सरकार काम नलाग्ने समेत भनाइ थियो । प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण जादा राष्ट्रिय हितमा बाेल्न नसक्नु कायरता भएको समेत बताए । दुई हप्ता सम्म एउटा कार्यकारी प्रमुख विदेश जानू गलत भएको भन्दै ।

याे भ्रमण पिक्निक गए जस्तो छ । सरकार गैरजिम्मेवार छ । शान्ति सुरक्षा खल्बलिएकाे छ । खुढा हानेर मार्ने अपराधी लाई जाेड्ने याे सरकार हिंसा भड्काउने काममा लागेको आराेप लगाए ।