अन्तर्राष्ट्रिय

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव सम्पन्न

विराटचोकः नई एकेडेमी अस्ट्रेलियाले ग्रानभिलको रातो घरमा अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ,नारी निकुञ्ज एनएसडब्लु अध्यक्ष सवला बस्नेत नारी निकुञ्ज पूर्व डेपुटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्देश्य कला संस्कृतिलाई अगाडि बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रमप्रति आफ्नो सदैव सदाशयता रहने बताए ।

नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजागर्ने र यस्ता संघ संस्थासगं सहकार्य गरेर अगाडि बढ्ने बताए ।
एनएसडब्लु सदस्य डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडि बढाउन सहयोग गर्ने बताइन् । नेपाली संघ संस्थासँगं सहकार्य गर्न आफु सदैव तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा जेनिशा गौतम र निशा केसीले संगीत प्रस्तुत गरेका थिए ।
सो अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मानसहित अवार्ड प्रदान गरेको थियो । स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । निर्णायक मण्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरुमा अमेरिकावाट श्रीमती गीता खत्री बेलायतबाट सुरेशजंग शाह, भारतबाट सुश्री अप्सरा दाहाल र नेपालबाट अभिनन्दन शर्माले उनीहरुलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै आर्ट कल्चर सोसल सर्भिस तर्फ दोस्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ । तेस्रो अवार्ड डा. अर्चना कोइरालालाई साईन्स एण्ड टेक्नोलोजीतर्फ प्रदान गरिएको छ । तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दीपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *