विराटचाेक: नगरमाता महेश्वरा अधिकारी स्मृति ग्रन्थ लाेकार्पण गरिएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले २०७५ सालमा पहिलोपल्ट नगरमाता घाेषणा गरिएकी स्वर्गीय अधिकारीकाे स्मृतिमा लिखित ग्रन्थकाे शुक्रबार नगरप्रमुख केदारप्रसाद गुरागाईंले लाेकार्पण गर्नुभएको हाे । १ सय १४ वर्षकाे उमेरमा २०७९ सालमा देहावसान हुनुभएकी अधिकारीकाे स्मृति ग्रन्थ प्रकाशित गरिएको हाे ।
पुस्तकमा अधिकारीकाे बालपनदेखि जीवन भाेगाई, अनुभव समेटिएका लेख हरू रहेका छन् । उक्त ग्रन्थकाे लाेकार्पण गर्दै नगरप्रमुख गुरागाईले याे अहिलेकाे समाजलाई उदाहरणीय कार्य भएको भन्दै पुस्तक प्रकाशनले त्याे बेलाका भाेगाई अहिलेका पुस्तालाई बुझ्ने र सिक्ने माध्यम याे पुस्तक हुने बताउनुभयो । यस्तै ज्येष्ठ नागरिकलाई नगरले सम्मान गर्दै आएको समेत बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष राेशनप्रसाद ढकाल, भुवनसिंह मगर, पूर्व जनप्रतिनिधि, लेखक, प्राध्यापक, राजनीति दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, पत्रकार, संघ संस्थाका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियो । प्रकाशक सुकुना मिडिया एण्ड सर्भिस प्रालिका अध्यक्ष शर्मिला घिमिरे सुवेदीकाे अध्यक्षतामा कार्यक्रम भएको थियो भने सञ्चालन सम्पादक खेमचन्द्र अधिकारीले गर्नुभएको थियाे ।