लेटाङ/ माेरङकाे लेटाङ नगरपालिकाले नगरस्तरीय महिला भलिबल टोली निर्माणको लक्ष्यका साथ एक महिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा पौष ५ गतेदेखि सुरु भएको प्रशिक्षणमा राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी प्रकाश थपलियाले प्रशिक्षण दिइरहेका छन्

लेटाङ-४ स्थित भलिबल कोर्टमा विहान र दिउँसो गरी दुई सत्रमा सञ्चालन भइरहेको प्रशिक्षणमा नगरका ३० भन्दा बढी महिला खेलाडीहरूको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य जीतबहादुर लामाले बताए।
आइतबार प्रशिक्षणकाे लेटाङ नगरपालिकाकी उपप्रमुख तथा खेलकुद विकास समितिकी संयोजक कृष्णकुमारी निरौला पुगेकी थिइन् अनुगमनका क्रममा खेलाडी र प्रशिक्षकले एक महिनाको अवधि कम भएको भन्दै प्रशिक्षण अवधि थप गर्न सुझाव दिएका छन्।