मनोरंजन/कला साहित्य समाचार स्थानिय

नझरेका फूलहरूद्वारा गीतकार खनालको सहयोगार्थ ‘गीताञ्जली साँझ’ सम्पन्न

विराटचाेक: लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ।


कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङ साथै छवि वैरागी घिमिरे लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकारकाे उल्लेख्य सहभागिता रहेको प्रस्ताेता केपी घिमिरेले बताएका छन् ।


कार्यक्रममा गायिका पम्फा चाहारलाई ‘कदरपत्र’द्वारा नझरेका फूलहरू सम्मान प्रदान गरिएको थियो।
गीताञ्जली साँझमा पम्फा चाहार,दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले विभिन्न गीतहरू गाएर दर्शक/स्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए।


कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरूमार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डि.पी. खनालको उपचारमा राहत पुग्ने कुरा समेत बताए।

साहित्यकार पुरन राई र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य,कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले स्रष्टा सम्मान र पलेँटी शृङ्खला आयोजना गरेर यस क्षेत्रको संरक्षण र संवर्द्धनमा उल्लेख्य योगदान दिएको बताउँदै आगामी दिनमा नझरेका फूलहरूको शृङ्खला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सुन्दरहरैँचा १० स्थित प्लानेट लाउञ्जमा आयोजना गरिएको थियाे । कार्यक्रम आयोजना मार्फत जम्मा गरिएको सहयोग रकम खर्च कटाएर डि.पी.खनालकै स्वास्थ्य उपचारका लागि पठाइदिने नझरेका फूलहरूद्वारा बताइएको छ।

कार्यक्रममा गायनशिरोमणि रामकृष्ण ढकाल,गायकहरू हेमन्त शर्मा,तुलसी पराजुली,राज सिग्देल लगायतले सहयोग गरेका थिए।