विराटचाेक / नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठकाे ७३औँ जन्माेत्सवका अवसरमा ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे प्लानेट लाउञ्जमा प्रस्तोता केपी घिमिरेद्वारा सञ्चालित पलेँटी साँझकाे ४० औं शृङ्खला भव्यताका साथ सम्पन्न भएको हाे।

नझरेका फूलहरूकाे आयाेजनामा भएको कार्यक्रममा सङ्गीत प्रेमी दर्शकको भव्य उपस्थिति रहेकाे थियाे । ६ दशक लामो साङ्गीतिक यात्रामा आज पनि उत्तिकै दर्शक र स्राेताकाे राेजाईमा पर्ने गायक श्रेष्ठकाे गायनमा दर्शक स्राेताले साथ दिएका थिए ।
उक्त दिनका लागि कार्यक्रमको संयाेजकका भूमिकामा रहेका सुन्दरहरैँचा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यस ठाउँमा राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त दिग्गज कलाकारलाई ल्याएर सम्मान गर्नुले समग्र नगरकै गरिमा बढाएको बताए । उनलेे देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक कार्यक्रम गर्दै आएकाे भन्दै साे कार्यक्रमका प्रस्ताेता केपी घिमिरेलाई यस कार्यमा लागिरहन आग्रह समेत गरेका थिए । यस्तै स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिल्ने बताए ।

यसैगरी साे कार्यक्रममा गीतकार शिवशंकर थापालाई समेत सम्मान गरिएको थियाे।गीतकार थापाको योगदानको कदर स्वरुप नझरेका फूलहरूले नगद,दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको बताइएको छ।
प्रस्ताेता केपी घिमिरेका अनुसार करिब दुईसय राष्ट्रिय तथा स्थानीय कलाकार, सर्जकलाई नझरेका फूलहरूबाट सम्मान गरिसकिएको बताइएको छ । नझरेका फूलहरूकाे मुख्य उदेश्य सङ्गीत, कला साहित्य क्षेत्रमा याेगदान दिने श्रष्टा सर्जकलाई जिवितै सम्मान गर्ने रहेकाे बताए । देशको गरिमा, निधि र पहिचानका रूपमा रहेका कलाकारलाई सधैं सम्मान गर्ने उनले बताए ।
नझरेका फूलहरूलाई सहयाेग गर्ने सबैप्रति आभार प्रकट गर्दै घिमिरेले आफू कला र सङ्गीतप्रति उच्च सम्मानका साथ आगामि दिनमा पनि निरन्तर कार्यक्रम गर्ने बताए ।
यस पटक कार्यक्रममा दीप श्रेष्ठले आफ्नो जन्मोत्सवका लागि तयार पारिएको केक काटेर सहभागी सम्पूर्ण दर्शकलाई आफैँले बाँडेरसमेत खुसी साटासाट गरेका थिए। उपस्थित सम्पूर्ण सहभागीले गायक श्रेष्ठलाई खदा,दोसल्ला, मायाको चिनो प्रदान गरेर हर्षोउल्लासका साथ जन्मोत्सवको खुसी साटासाट गरेका थिए।
कार्यक्रममा काठमाडौंबाट वरिष्ठ सङ्गीतकर्मीहरू विक्रम कार्की (रिदम गितार), माणिकमान सिंह (बेस गितार), रुपेश सिंह ( अक्टोप्याड) र राहुल भुजेल (किबोर्ड)सहभागी भएर गायक श्रेष्ठलाई बाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा बाद्यवादकलाई समेत सम्मान गरिएको थियो।

पलेँटी साँझमा गायक दीप श्रेष्ठलाई गायनमा उनकी छोरी दृष्टि श्रेष्ठ, नाति रोनिश श्रेष्ठ, लोकप्रिय गायक तथा सङ्गीतकार कृष्णभक्त राई,धरानका गायक कृष्णराजा श्रेष्ठ, सुन्दरहरैँचाकी गायिका अनु बुढाथोकी गिरी र डेनिश श्रेष्ठले साथ दिएका थिए। श्री भानुसाझा पुस्तकालयका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले दीप श्रेष्ठका निम्ति जन्मोत्सव विशेष गजल वाचन गरेका थिए।
पलेँटी साँझमा निरन्तर सहयोग पुर्याउने विभिन्न सहयोगी दाताहरूको नाम उद्घोषका साथै युवा समाजसेवी उत्सव थापालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियोे।
यस पटक नझरेका फूलहरूले गायक दीप श्रेष्ठलाई नगद ५० हजार सहित कृतज्ञतापत्र प्रदान गरिएको बताइएको छ।
