विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा “बैंक संग निजी क्षेत्र विषयक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा बुधबार सार्वजनिक पुस्तकालय विराटचाेकमा अन्तरक्रिया सम्पन्न भएको हाे । अन्तरक्रियामा १८ वटा बैंकका शाखा प्रमुखहरूकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा बाेल्दै उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले आर्थिक मन्दीका कारण उत्पन्न समस्याबाट व्यावसायी इतिहासकै कठिन अवस्थामा रहेको र आर्थिक मन्दीका कारण उत्पन्न समस्या न्यूनीकरणमा आपसी सहयोग आदन- प्रदानगर्न अन्तरक्रिया राखिएको बताउनुभयो ।

निजिक्षेत्रबाट बैंक तथा वित्तीय संस्थासंग ऋणीहरुको किस्ता समयावधि लम्बाई सहयोग गरिदिन आग्रह गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
यस्तै सहभागीले ऋणका शीर्षक समायोजन, ऋण असुलीमा मात्र केन्द्रित नभई ऋणीले ऋण तिर्ने आधार शिलाका मार्गहरु पहिचानमा सहयोग गरिदिन आग्रह गरिएका थिए ।
सहभागीले व्यवसायीकाे व्यवसायकाे प्रकृति अवस्था हेरेर थप ऋण प्रदान गरि व्यावसाय पुनःस्थापन गर्नमा बैंकले सहयोगी भूमिका खेल्नुपर्ने समेत धारणा राखेका थिए ।

बैंकका तर्फबाट संयाेजककाे रूपमा बाेल्दै माछापुच्छ्रे बैंक विराटचाेकका शाखा प्रमुख प्रभाकर खतिवडाले बैंक र स्थानीय व्यवसायी बिच नङ र मासुकाे सम्बन्ध जस्तै सम्बन्ध भएकाे बताउदै संधै साथ सहयाेग गर्ने बताउनुभयो । प्रमुख खतिवडाले भन्नुभयो “एउटा समयमा धेरै लाेन प्रवाह गर्नाले अहिले ति व्यवसायीलाई अप्ठ्यारो परेकाे छ भने बैंकलाई पनि केहि पैसा उठाउन असहज भैरहेको अवस्था हाे” ।
यसैगरी व्यवसायीले जुन उदेश्यकाेलागि पैसा लिएकाे हाे त्याे नगरि अन्यत्र पैसा अन्यत्र लगानी गर्नाले पनि समस्या आएकाे छलफलमा कुरा उठेको थियो ।

सहभागी बिप्लव बस्नेतले नयाँ व्यवसायीलाई ब्याजदर घटाउने तर पुरानालाई नघटाउने किन भनेर प्रश्न गरेका थिए । एक वर्ष व्यापार विग्रियाे भने बैंकले तागेता गर्ने यसले गर्दा व्यापारीहरू सताेत्साहित भई चल्दैे गरेको सटर बन्द गर्न बाध्य हुनुपरेकाे बताए । बस्नेतले ब्यवसाय नै नरहे बैंक पनि त नरहला त्यसैले धेरै ब्यापारीकाे सटर बन्द भएको अवस्था छ । ती व्यवसायी बैंककाे ऋणलेनै व्यसाय बन्द गर्ने अवस्थामा पुगेकाे बताए ।
सहभागी बैंकरहरूले व्यापारी र बैंक विच आराेपप्रताराेपमा जाने भन्दा पनि जुन विषयमा समस्या छ त्यसलाई सच्याउदै अघि बढ्नुपर्नेमा सबै लाग्नुपर्ने धारणा राखेका थिए ।बैंकबाट ऋण लिने सबै बिग्रेको मात्रै छन् त भन्दै ऋण लिएर राम्रो भएको कुरा उल्लेख गरेका थिए ।
व्यवसायीले बैंकबाट पैसा काटिने, चेक बाउन्स विमालगायत का कुरा राखेका थिए । कार्यक्रम सञ्चालन उद्योग वाणिज्य संघका महासचिव हरि कार्कीले सञ्चालन गरेका थिए ।