विराटचोक : विश्व वातावरण दिवसका अवसरमा नेपालमै पहिलो पटक निमको व्यावसायिक खेती केराबारी गाउँपालिका स्थित हजारबिघा सामुदायिक वनमा शुरु गरिएको छ।
पछिल्लो समय बालीमा देखिएका रोगकिराको नियन्त्रण गर्न प्रयोग गरिएका कडा विषादीबाट समेत किरा नियन्त्रण गर्न कठिनाई बन्दै गएको अवस्थामा निम तेलको प्रयोग निकै प्रभावकारी बन्ने देखिएकोले केराबारी गाउँपालिका, कृषि शाखाको विशेष पहलमा निमको बिरुवा लगाउन सुरुवात गरिएको हाे । यसबाट वातावरण पनि राम्रो हुने, काठ र दानाबाट आम्दानी पनि हुने भएकोले सामुदायिक वनमा बिरुवा रोपिएको छ ।
निमको दाना अहिले भारतबाट आईरहेको छ नेपालमा नै उत्पादन भए प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म दिन सकिने निम तेल उत्पादनको सुरुवात गरिरहेका व्यावसायी बाबुराम निरौला बताउनुहुन्छ । यो बिरुवाले ३ वर्षबाट उत्पादन दिन्छ एउटा बोटमा ३०० देखि ५०० सय किलो सम्म फल्ने अनुमान गर्न सकिन्छ । फल पाक्ने समय हुन लागेको छ, हामी फल लिन अहिले नै तयार रहेका छौं, निरौलाले बताउनुभयो ।