फिचर राजनीति समाचार स्थानिय

नेकपा एमालेका नेता प्रदिप ज्ञवाली ११ गते सुन्दरहरैँचा आउने

विराटचोक: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। कार्तिक ११ गते आइतबार वडा नम्बर ९ स्थित इन्द्रपुर जेसीज मङ्गल स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम हुने पार्टीले जनाएको छ।

कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुने सुन्दरहरैँचा नगर अध्यक्ष मातृकाप्रसाद ढकालले बताए।

चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम राखिएको ढकालले जानकारी दिए। कार्यक्रममा पार्टीका वडादेखि प्रदेशसम्मका नेता कार्यकर्ता र जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहने उनलेे जनाए ।