काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ। सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११-० गोलको जित निकाल्यो। नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्। प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न सफल भइन्। यस्तै सविता राना मगरले २८ मिनेट, अनिता केसीले ६८ मिनेट र अमिषा कार्कीले ८८ मिनेटमा गोल गरे। एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।
नेपालकी फरवार्ड साम्बा खेलमा सब्सिच्युटमा थिइन्। उनी हिजो मात्र फ्रान्सबाट नेपाल आइपुगेकी थिइन्। जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले दुई खेलबाट चार अंक जोडेको छ। दोस्रो स्थानको भुटानको पनि चार अंक नै छ। भुटानले आजै भएको खेलमा श्रीलंकालाई ४(१ गोलले पराजित गर्यो।
यसअघि पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए। अब नेपालले समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ।