विराटचाेक/ भदौ २४ गतेको घटनापछि होटलको संरचनामा ठूलो क्षति पुगेको भएपनि, नेपालिरिका होटलमा कार्यरत कर्मचारीहरूको रोजगारी सुरक्षित रहने स्पष्ट गरिएको छ। होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित तलब तथा यस वर्षको दशैं बोनससमेत उपलब्ध गराइनेछ।
त्यस्तै, भदौ २४ गतेको दिन आफ्नै ज्यानलाई जोखिममा राखी पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने सम्पूर्ण कर्मचारीलाई अतिरिक्त पुरस्कृत गरिने नेपालिरिका होटलले जनाएको छ।
नेपालिरिका होटल व्यवस्थापनले संकटका समयमा कर्मचारीहरूले देखाएको साहस, समर्पण र कर्तव्यनिष्ठाप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि कर्मचारीहरूको हित र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने कम्पनीका अध्यक्ष भोलेश्वर दुलालज्यु ले बताउनुभएको छ।




