कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

नेपाल-भारत सहयोगमा बन्ने पञ्चायत माविकाे भवन शिलान्यास 

विराटचाेक:  भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् । 

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.८१ करोड रुपैयाँ परियोजना लागतमा विद्यालय भवन निर्माण भइरहेको छ । 

भारत सरकारको अनुदानमा तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको छ र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो ।

 यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६०% छात्राहरू रहेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।