पर्यटन समाचार स्थानिय

नेपाल भ्यालुयर्स एसोसिएसन काेशी प्रदेशको भेला सम्पन्न

विराटचाेक: नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेशले आफ्नो संस्थाको वार्षिक कार्यक्रम अनुरुप कोशी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ।
करिब ६५ जना इन्जिनियर र मूल्यांकनकर्ताहरूको सहभागितामा मोरङको सुन्दरहरैँचा १० स्थित बाघझोडा पर्यटकीय स्थलमा भेला आयोजना भएको थियो।

देशको अर्थतन्त्रको चलायमानका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, फाइनान्स सहकारीको वर्तमान नीति, कार्यक्रम र स्पष्ट नीतिको अभावमा मूल्यांकनकर्ताले भोगेका समस्या र कठिनाइका बारेमा साथै देशको अर्थतन्त्रका बारेमा ई. कुमार तिम्सिना,ई. भविन खड्का,ई. सरोज भट्टराई,ई. तुलाराम भण्डारी, ई. विवेक श्रेष्ठ, ई. सचिन बरालले मन्तव्य राख्नु भएको थियो। त्यस्तै नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय सदस्य सचिन भट्टराई र नेपाल इन्जिनियर एसोसिएसनका कोशी प्रदेश सभापति ई. जयनाथ यादव र केन्द्रीय महासचिव ई. रविभुषण झाको विशिष्ट आथित्यताको उपस्थितले कार्यक्रमको गरिमा बढाएको थियो।

उक्त कार्यक्रममा कोशी प्रदेशका अग्रज मूल्यांकनकर्ता ई. कृष्णहरि पोख्रेल र ई. दिवसमोहन श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रमको सहजीकरणमा ई. किशन अधिकारीले सहयोग पुर्याउनु भएको थियो र कार्यक्रम आयोजना,व्यवस्थापन र तयारीका लागि नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेश उपसभापति ई. सुरेशकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा प्रस्तोताको भूमिका समेत श्रेष्ठले नै निभाउनु भएको थियो।
कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेश सभापति ई. आमोदराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।