नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुन्दरहरैँचा नगरसमितिले वडा समिति गठनको कार्यक्रम अन्तिम चरणमा पुर्याएको छ। नगर भित्रका सबै वडामा वडा समिति विस्तार गर्ने अभियान चलाइरहेको महासङ्घले सुन्दरहरैँचा ११ को बेलेपुरमा पनि एक कार्यक्रमका बीच उक्त वडाको वडा समिति गठन गरिएको महासङ्घ नगरसमितिकी सभापति अमृता लिम्बूले जानकारी दिएकी छिन्।
वडा समिति गठन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश समिति सदस्य मित्रसेन योञ्जन रहेका थिए। विशिष्ट अतिथिमा कोशी प्रदेश समिति सदस्य तथा संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य ललितबहादुर श्रेष्ठ, महासमिति सदस्य भगवान मोक्तान, नेपाली काङ्ग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देवराज तामाङ, नेपाली काङ्ग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला सहित नेपाली काङ्ग्रेसका स्थानीय नेता,कार्यकर्ताहरूको बाक्लो उपस्तिथि रहेको थियो। वडा समिति गठन कार्यक्रम अन्तर्गत वडा नं११ को तदर्थ समितिमा श्रवण श्रेष्ठ सभापति, लक्ष्मी खवास र प्रेम चौधरी उपसभापति,शिवकुमार चौधरी र सावित्रीदेवी खवास सचिव, अनिता लिम्बू कोषाध्यक्ष, सुषमा गुरुङ र वुधकरण धामी थारू सहसचिव सहित चौध सदस्यीय समिति निर्माण गरिएको नगर सहसचिव रीता तामाङले जानकारी दिएकी छिन्।