काठमाडौंः शिफ्टिङ द पाराडाइम २०८०÷८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मेलन आयोजना भएको हो ।
आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।
२०८० साउन १८ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सो सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्ष्यमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनीमाथि आएको बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।
मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकाले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सोबाट प्राप्त हुने सकारात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने बताए ।
कार्यक्रमा गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालय हरुलाई पुरस्कृत गरिएको थियो ।




