माेरङकाे सुन्दरहरैँचा ७ स्थित गाेठगाउँमा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयकाे ५९ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाई थिए ।उनले श्री पञ्चायत मा. वि यस क्षेत्रकाे पुरानो तथा इतिहास बाेकेकाे विद्यालय भएकोले यसकाे गुणस्तरमा सुधार हुनु पर्ने उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयलाई याेगदान गरे वापतमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टाेमबहादुर श्रेष्ठ , रमेश भण्डारी तथा पूर्व प्र. अ. गुरूप्रसाद अधिकारीलाई सम्मान गरिएको थियाे । कार्यक्रममा विद्यालयलाई सहयाेग गर्ने अन्य माहानुभावहरूलाई समेत सम्मान गरियाे । कार्यक्रममा नगरकाे राष्ट्रपति रनिङ सिल्डमा पदक विजेता विद्यार्थीलाई सम्मान गरिएको थियाे ।
विद्यालयकाे ५९ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवसमा विद्यार्थीहरूले गीत ,संगित,नाटक र नृत्य प्रस्तुत गरि उपस्थित सबैलाई मनाेरञ्जन दिलाएका थिए ।कार्यक्रममा संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल , उपप्रमुख अकली चाैधरी , नेपाली सरकारका पूर्व सहसचिव प्रेमप्रकाश उप्रेती , विद्यालय व्यवस्थापन समिति अध्यक्ष पाेष्टकुमार श्रेष्ठ लगायतले बाेलेका थिए । वि.स. २०२१ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७ सय ५९ विद्यार्थी अध्ययानरत रहेका छन् ।