फिचर शिक्षा समाचार

पब्लिक क्याम्पस कर्मचारी संघ काेशी प्रदेश तदर्थ समिति गठन अध्यक्ष घिमिरे सचिवमा भट्टराई चयन 

विराटचाेक : काेशी प्रदेश स्तरीय पब्लिक क्याम्पसमा कार्यरत कर्मचारीकाे हक हितका निमित्त प्रदेश स्तरीय पब्लिक क्याम्पस कर्मचारी संघकाे तदर्थ समिति गठन गरिएको छ । शनिबार झापामा आयाेजित भेलाले  पदमप्रसाद घिमिरेकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेकाे  हाे । घिमिरे दमक बहुमुखी क्याम्पसमा कार्यरत छन् । यसैगरी सचिवमा लाेकप्रकास भट्टराई ( जीवन) चयन भएका छन् । भट्टराई सुकुना बहुमुखी क्याम्पसमा कार्यरत छन् । 

यसैगरी सदस्य हरिप्रसाद ढकाल, धर्मराज बाेहाेरा, प्रकाश श्रेष्ठ, प्रेम बहादुर कुंवर लगायत १९ सदस्यीय समिति गठन गरेकाे हाे । 

उक्त समितिले पब्लिक क्याम्पस संघ केन्द्रीय समितिलाई संघकाे विधान र समिति निर्माण प्रकृयाकाे विषयमा असहमत जनाउँदै ज्ञापनपत्र मार्फत आफ्ना माग अघि सारेको छ । क्याम्पस सन्चालनमा संचालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी सहित ४ वटा खम्बाहरू रहेकाेमा अहाेरात्र खट्ने कर्मचारीलाई बेवास्ता गरेकाे भन्दै कर्मचारीलाई समेट्न आग्रह गरेका छन् । 

माग अनुसार नै पब्लिक क्याम्पस संघकाे विधान परिवर्तन गरेर कर्मचारीलाई पनि समेट्नु पर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।