समाचार स्थानिय

पाथिभरा स्वतन्त्र महिला समाजद्वारा विपन्न परिवारलाई आर्थिक सहयाेग

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका ७ स्थित गाेठगाउँमा कमजोर आर्थिक अवस्था भएको परिवारलाई पाथिभरा स्वतन्त्र महिला समाजले सहयाेग गरेको छ ।

निशा परियार सहित चार दिदिबहिनीले ४२ बर्षे बुवा गुमाए । कमजोर आर्थिक अबस्थाका बावजुद पढाइमा अब्बल साथै मेहनतका साथ उज्जवल भविष्य खीजिरहेछन ।
आर्थिक अवस्था कमजोर साथै दु:खकाे घडीमा सो परिवारमा राहत स्वरूप रू २३ हजार ५ सय नगद सहयाेगी मनले संकलन गरि हस्तान्तरण गरेको समाजकी उपाध्यक्ष याेजना शर्मा ढकालले बताउनुभयाे । राहत वितरण पाथिभरा स्वतन्त्र महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलालकाे नेतुत्वमा भएको थियो ।